टेकुमा खुल्यो भेस्पा र अप्रिला स्कुटरको नयाँ शोरुम

टेकुमा खुल्यो भेस्पा र अप्रिला स्कुटरको नयाँ शोरुम


काठमाडौं ।

भेस्पा र अप्रिला स्कुटरको नयाँ शोरुम टेकुमा खुलेको छ ।

भेस्पा र अप्रिलाको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्व प्रालिले सोमबार नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।

शोरुमको उद्घाटन डेल्टा अटोकर्वका अध्यक्ष पुल्कित भिमसरिया, निर्देशकहरु विवेक शिकारिया, केतक भिमसरिया र प्रमुख कार्यकारि अधिकृत विजयकुमार महतोले गरेका थिए ।

डेल्टा अटोकर्वका प्रमुख कार्यकारि अधिकृत विजयकुमार महतोले आफ्नो ग्राहकहरुलाई सहज सुविधा दिन नयाँ शोरुम र सर्भिस सञ्चालनमा ल्याएको र अझै अन्य ठाउँमा पनि शोरुम राख्ने बताए ।

डेल्टा अटोकर्वले काठमाडौ उपत्यकाको विभिन्न ठाउँ र उपत्यका बाहिर ५० भन्दा बढि ठाउँहरुमा सेवा दिइरहेको बताएको छ ।