पूर्वाधार र नेताको आँखा नपुगेको दाङको बसेरी खोला बस्ती

पूर्वाधार र नेताको आँखा नपुगेको दाङको बसेरी खोला बस्ती


दाङ । दाङको उपमहानगरपालिका र नगरपालिकाभित्र पर्ने भित्रि मधेसको चुरे पहाडका बस्तीहरूमा अझै पनि पूर्वाधारको पहुँच छैन । निर्वाचनका बेलाा लस्कर लागेर भोट माग्न जाने नेताहरुको समेत आँखा पर्दैन । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ५ को बसेरी खोला बस्तीमा अझै पनि बिजुली बत्ती, सडक सञ्जाल, शिक्षा, स्वास्थ्यलगायत सुविधा पुग्न सकेको छैन । बसेरी खोला बस्ती वरिपरि अग्ला पहाड र घना जङ्गल छ ।

करिब ५० घरधुरीको बसेरी खोलामा बसोबास छ । सञ्चार सुविधाका लागि एक घण्टाभन्दा बढी पैदल हिडेर अग्लो लेकमा पुग्नुपर्छ भने खानेपानीको पर्याप्त स्रोत र पहुँच पनि छैन । आकासबाट पानी नपरे हिउँदमा खेतीसमेत लाग्दैन । भएको खेतीमा समेत जङ्गली जनावरका कारण सबै घरमा पु¥याउन नपाउने स्थानीयबासी महेन्द्रकुमार घर्तीले जानकारी दिए। बसेरीबासीको आम्दानीको स्रोत पशुपालन र खेतीपाती हो । तर त्यसले १२ महिना खान पुग्दैन । यहाँको विकासमा राज्यको ध्यान नपुगेको स्थानीय कृष्णबहादुर बिकले गुनासो गरे ।घोराही उपमहानरका अरु ठाउँमा जनताले घरछेउमै आधारभूत सेवा पाइरहे पनि यो ठाउँबाट भने शिक्षा र स्वास्थ्य उपचारका लागि घण्टौ पैदल हिँडेर पुग्नुपर्छ ।