लगातार दोस्रो दिन पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

लगातार दोस्रो दिन पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

बुधबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ ।

मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ३ सयले घटेको हो ।

हिजो १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुृन १ लाख ११ हजार ८५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ पनि ओरालो लागेको छ । हिजो १४ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँले घटेर १४ सय ३० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।