झण्डै डेढ करोडको भन्सार छली गरेर ल्याइएकाे सामानसहित ट्रक नियन्त्रणमा

झण्डै डेढ करोडको भन्सार छली गरेर ल्याइएकाे सामानसहित ट्रक नियन्त्रणमा


मकवानपुर ।

मकवानपुर  प्रहरीले १ करोड ३० लाख रुपैयाँ बराबरको भन्सार छलीको सामानसहित भारतीय नम्बर प्लेटको ट्रक नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट युपी ७५ एटी ८६३२ नम्बरको भारतीय गाडी नियन्त्रणमा लिएको हो ।

भारतको सिलाङबाट बुटवल जान लागेको ट्रकबाट ८३ लाख २९ हजार बराबरको लत्ताकपडा, ३ लाख ५० हजार बराबरको इलेक्ट्रोनिक्स सामान, १६ लाख ३८ हजार मूल्य बराबरको मदिरा र ३१ लाख २७ हजार मूल्य बराबरको अन्य सामान बरामद गरेको मकवानपुर प्रहरी प्रमुख सिताराम रिजालले जानकारी दिए ।

प्रहरीले ट्रकका चालक भारत उत्तर प्रदेशका ५५ वर्षका गोरेलाल, तनहुँ ब्यास नगरपालिका-४ का ४९ वर्षीय निमकाजी श्रेष्ठ र पर्वत विहादी गाउँपालिका–४ का ३९ वर्षीय खेम गुरुङलाई पक्राउ गरेको छ ।