सिमराबाट काठमाडौँ आउँदै गरेको कार त्रिशूलीमा खस्यो

सिमराबाट काठमाडौँ आउँदै गरेको कार त्रिशूलीमा खस्यो


काठमाडौँ ।

सिमराबाट काठमाडौँ आउँदै गरेको कार त्रिशूली नदीमा खसेको छ।

पृथ्वी लोकमार्ग हुँदै सिमराबाट काठमाडौँ आइरहेको ना ४ च ६५१४ नम्बरको कार राति १ बजेतिर अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो।

कार त्रिशूलीमा खसेको खबर पाएपछि धादिङस्थित इलाका प्रहरी कार्यालय बेनीघाटबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा उद्धार टोली खटिएको थियो।

कारमा चालक मात्रै सवार रहेको खुलेको छ। दुर्घटनाका क्रममा बाराको सिमरा उपमहानगरपालिका-११ बस्ने २३ वर्षीय प्रवीन गौतम भने बाँच्न सफल भएका छन्।

प्रहरीका अनुसार उनी कार दुर्घटनामा परेका बेला उछिट्टिएर बाँच्न सफल भएका हुन्। उनलाई कुनै किसिमको चोट लागेको छैन।

घटनाको अनुसन्धानका लागि प्रहरीले चालक गौतमलाई नियन्त्रणमा लिएको छ।