२ घन्टा कुर्दा पनि उपचार नपाएर बालिकाको मृत्यु , छानबिन समिति गठन

२ घन्टा कुर्दा पनि उपचार नपाएर बालिकाको मृत्यु , छानबिन समिति गठन


काठमाडौं ।

कान्ति बाल अस्पतालले सोमबार राति आकस्मिक कक्षामा भएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।

अस्पतालका निर्देशक डा. पकज रायका अनुसार सोमबार राति अस्पतालको आकस्मिक कक्षमा भएको घटनाको सत्यतथ्य बाहिर ल्याउन डा. प्रकाश जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

समितिले ५ दिन भित्र सत्य, तथ्य पत्ता लगाएर प्रतिवेदन पेस गर्न अनुरोध गरेको डा. रायले जानकारी दिए ।

मकवानपुर थाहा नगरपालिका–१० घर भएर काठमाडौँ बाफलमा बस्दै आएकी ५ वर्षीया रेजिशा गोपालीलाई उच्च ज्वरो र तारन्तार बान्ता भएकोले सोमबार अपराह्न ५ बजे उनका आमा र हजुरबुवाले कान्ति अस्पतालको आकस्मिक कक्षमा पुर्‍याएका थिए ।

आकस्मिक कक्षमा पालो कुर्दाकुर्दै उनको मृत्यु भएको थियो । परिवारका अनुसार उनीहरूले आकस्मिक कक्षामा ८० मिनेट पालो कुरेका थिए ।