७ औं वर्षमा वात्सल्य क्लिनिक

७ औं वर्षमा वात्सल्य क्लिनिक


काठमाडौं ।

नेपालमा आधुनिक आ.भी.एफ.को जग बसाल्न अग्रणी भूमिका खेल्दै आएको वात्सल्य आई.भी.एफ.७ औं वर्षमा प्रवेश गरेको छ ।

३ हजार भन्दा अधिक दम्पतीलाई वात्सल्य आई. भी. एफ. विधि मार्फत् सन्तान प्राप्ति को खुशी दिएको जानकारी गराएको छ।

हरेक महिना करिब ६० देखि ७० प्रतिशत सम्मको आई.भी.एफ.सफलता दर निरन्तर हासिल गर्दै आएको यस क्लिनिकमा अहिलेसम्म ७ हजार भन्दा अधिक दम्पतीले सन्तान लाभ ९३ हजारलाई आई. भी. एफ, १८००ं आई. यू. आई., २२००ं नेचुरल प्रेग्नेन्सी गरिसकेको उक्त विज्ञप्तिमा उल्लेख छ।

निस्सन्तान दम्पतीको यात्रा मानसिक, आर्थिक, मनोवैज्ञानिक,सामाजिक जस्ता विभिन्न तनावले भरिएको हुन्छ त्यसैले उपचारको अवधिमा आधुनिक पद्दति सँगै पारिवारिक वातावरण र सहजता जस्ता विशिष्ट अनुभव प्रदान गर्दा उच्च सफलता हासिल भएको यहाँका विज्ञहरुको अभुव छ।

क्लिनिक भित्रको सकारात्मक उर्जाले नै सफलता पाउँछु भन्ने विश्वास जाग्छ भन्ने अनुभव कैयौं सेवाग्राहीहरु व्यक्त गर्नुहुन्छ त्यसैले यहाँ नेपाल बाहेक पाकिस्तान, अमेरिका, जापान, अष्ट्रेलिया जस्ता अन्य मुलुकबाट पनि सेवाग्राहीहरु आउने गरेका छन् र सफलता प्राप्त गरेका छन् ।

आधुनिक उपचारसँग सम्बन्धित मिथ्या कुराहरुबारे जनचेतना जगाउने र उच्च आई। भी। एफ। सफलता दर प्रदान गर्ने भएका कारण नै यसले छोटो समयमा ठूलो फड्का मार्दै आफ्नो सेवा नक्साल बाट भक्तपुर र नेपालगंजमा पनि विस्तार गरेको छ । आगामी केहि दिनहरुमै आफ्नो शाखाहरु अन्य प्रमुख शहरहरुमा पनि विस्तार गर्ने योजना रहेको यहाँका कार्यकारी प्रमुख, प्रशान्त सुवेदी ले बताउनुभएको छ ।