काठमाडौं-१६का वडा अध्यक्षको निधन, पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिने

काठमाडौं-१६का वडा अध्यक्षको निधन, पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिने


काठमाडौं ।

काठमाडौं वार्ड नम्बर १६ का वडा अध्यक्षको निधन भएको छ ।

नेपाली कांग्रेस काठमान्डौ–७ का क्षेत्रिय सभापतीसमेत रहेका वडा अध्यक्ष मुकुन्द रिजालको डेङ्गु संक्रमणबाट निधन भएको हो ।

कांग्रेस सांसद प्रतिमा गौतमका अनुसार उनलाइ ,उच्च ज्वरो तथा निमोनिया भएकोले ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको र उपचारको क्रममा उनको निधन भएको हो ।

उनी टिकटक देखी सामाजिक सञ्जालमा पनि उतिकै सक्रिय रहदैँ आएका थिए ।

महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ ।

उनको निधन भएपछि महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल अस्पताल पुगका छन् ।

वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन् ।