लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ, कति पुग्यो ?

लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ, कति पुग्यो ?


काठमाडौं ।

लगातार तेस्रोदिन बिहीबार पनि सुनको भाउ घटेको छ ।

बुधबारको तुलनामा बिहीबार सुनको भाउ ४ सयले घटेको हो ।

हिजो १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १२ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख ११ हजार ४५० कायम भएको छ ।

यस्तै आज चाँदी पनि २० रुपैयाँले घटेको छ । हिजो १५ रुपैयाँले घटेर १४ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय १० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।