बहुप्रतिक्षित टीभीएस अपाचे आरटीआर ३१० बजारमा, कति छ दाम ?

बहुप्रतिक्षित टीभीएस अपाचे आरटीआर ३१० बजारमा, कति छ दाम ?


काठमाडौं ।

दुईपांग्रे सवारी निर्माता टीभीएस मोटर्सले अन्ततः आफ्नो बहुप्रतिक्षित मोटरसाइकल टीभीएस अपाचे आरटीआर ३१० आधिकारिक रुपमा लन्च गरेको छ।

स्पोर्टी लुक, उत्कृष्ट फिचर्स र अत्याधुनिक प्रविधिले सुसज्जित यो मोटरसाइकलको प्रारम्भिक मूल्य भारु २.४३ लाख (एक्स शोरुम) तोकिएको छ।

कम्पनीले यो बाइकमा केही यस्ता फिचर समावेश गरेको छ, जुन अहिलेसम्म कुनै पनि टु–ह्विलर कम्पनीले आफ्नो कुनै मोडलमा प्रयोग गरेको थिएन।

यो कम्पनीको विद्यमान स्पोर्ट बाइक अपाचे आरआर ३१० को तुलनामा करिब २९ हजार रुपैयाँले सस्तो छ । यो बाइकमा शक्तिशाली इन्जिन रहेको छ।

नयाँ फ्रेममा विकसित यस बाइकमा कम्पनीले ३१२ सीसी क्षमताको लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन प्रयोग गरेको छ। जुन ग्राहकले बीएमडब्ल्यू ३१० मा पनि पाउनेछन्। यो इन्जिनले ३५.६ एचपी पावर र २८.७ एनएमको टर्क जेनेरेट गर्छ। इन्जिन ६–स्पिड गियरबक्ससँग जोडिएको छ। पफर्मेन्स बाइक भएकोले यसले असिस्ट र स्लिपर क्लच पनि पाउँछ। यसको टप स्पिड १५० किमीरप्रतिघन्टा रहेको छ। यो बाइकले २ सेकेन्डमा ४५.६ किमीरप्रतिघन्टाको स्पिड लिन सक्षम छ।

यो बाइकको अगाडि र पछाडि दुवैमा १७ इन्चको डुअल कम्पाउन्ड रेडियल टायर दिइएको छ । यस मोटरसाइकलमा ५ वटा फरक ड्राइभिङ मोड उपलब्ध छन्। जसले सबै प्रकारका सडकमा राम्रो ड्राइभिङ प्रदान गर्दछ। यी मोडहरुमा अर्बन, रेन, स्पोर्ट, ट्र्याक र सुपरमोटो मोडहरु समावेश छन्।

यो बाइकले ल्यान्डस्केप–ओरिएन्टेड ५।०–इन्च टीएफटी टचस्क्रिन प्राप्त गर्दछ। जुन डिजिटल इन्स्ट्रुमेन्ट प्यानलका रुपमा पाइनेछ। यस स्क्रिनमा ग्राहकले बाइकसँग सम्बन्धित सबै फिचर सञ्चालन गर्ने सुविधा पाउनेछन्।

स्लिक एलईडी हेडलाइट र टेल लाइटका अलावा बाइकमा क्रुज कन्ट्रोल पनि समावेश गरिएको छ । यस बाइकमा कम्पनीले सिट तताउने र चिसो गर्नका लागि क्लाइमेट कन्ट्रोल सिस्टम दिएको छ । जुन अहिलेसम्म भारतीय बजारमा बिक्री भएको कुनै पनि बाइकमा दिइएको छैन । यसबाट ग्राहकले गर्मी मौसममा बाइकको सिट चिसो र जाडो मौसममा सिट तातो बनाउन सक्नेछन्।