चौधरी ग्रुप र अडानी ग्रुपबीच सिमेन्ट बिजनेस सुरु

चौधरी ग्रुप र अडानी ग्रुपबीच सिमेन्ट बिजनेस सुरु


काठमाडौँ ।

नेपालको प्रतिष्ठित व्यावसायिक घराना चौधरी ग्रुप र भारतको प्रतिष्ठित व्यावसायिक घराना अडानी ग्रुपबीच सिमेन्ट व्यापार अभिवृद्धिका लागि रणनीतिक साझेदारीका लागि सहमति भएको छ ।

नेपाल र भारतबीचको गहिरो सम्बन्धलाई अझै सुदृढ गर्दै लैजाने उद्देश्यका साथ २ देशका प्रतिष्ठित व्यावसायिक घरानाले सिमेन्ट बिजनेसमा नयाँ अध्याय सुरू गरेका हुन् ।

यस साझेदारीले नेपालसँग जोडिएको छिमेकी भारतीय राज्यहरूमा सिमेन्ट आपूर्तिमा सहजीकरण गर्ने उद्देश्य राखिएको छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले कृतज्ञता व्यक्त गर्दै यो सहमति २ राष्ट्रबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने चौधरी ग्रुपको उद्देश्यमा एउटा महत्वपूर्ण कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे।

‘यस रणनीतिक सहकार्यमार्फत् हामी आर्थिक वृद्धि र विकासमा सक्रियरूपले योगदान दिँदै नेपाल-भारत आर्थिक र व्यापारिक सम्बन्धलाई अझ बढी सुदृढ पार्न चाहन्छौँ’, प्रबन्ध निर्देशक चौधरीले भने।