अस्पतालमा डेंगु परीक्षण गर्ने किटको अभाव

अस्पतालमा डेंगु परीक्षण गर्ने किटको अभाव


तनहुँ ।

तनहुँ स्थित सरकारी अस्पतालमा डेंगु परीक्षण गर्ने किटको अभाव भएको छ ।

गण्डकी प्रदेश सरकारले पर्याप्त मात्रामा किट नपठाएकोले अभाव भएको अस्पतालले जनाएको छ ।

सदरमुकामस्थित जिल्ला स्तरीय दमौली अस्पतालमा डेंगु रोग परीक्षण गर्ने किटको अभाव भएपछि बिरामी निजी अस्पतालमा गएर स्वास्थ्य परीक्षण गराइरहेका छन् ।

गण्डकी प्रदेश सरकारले ५० वटा मात्रै किट पठाएकोले अभाव भएको दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले बताए ।

गण्डकी प्रदेशभरिका लागि ५०० मात्रै आएकोमा ५० वटा मात्रै प्राप्त भएकोले अभाव भएको बरालले जानकारी दिए ।

५० जनाको परिक्षण गर्ने क्रममा ८ जनामा डेंगु पोजेटिभ आएको उनले बताए ।बिहीबारसम्म ४९५ जनामा डेंगुको संक्रमण भएको छ ।