बाग्मती प्रदेशका ३ जिल्लामा आज सार्बजनिक र काठमाडौंमा शोक बिदा

बाग्मती प्रदेशका ३ जिल्लामा आज सार्बजनिक र काठमाडौंमा शोक बिदा


काठमाडौं।

चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा सार्वजनिक बिदा दिइएको छ ।

बाग्मती प्रदेश सरकारको केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश सरकारले आज तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रवक्ता गङ्गानारायण श्रेष्ठका अनुसार प्रदेश सरकारले मकवानपुर, चितवन र धादिङ जिल्लामा आज सार्बजनिक बिदा दिईएको जानकारी दिएका छन । उनका अनुसार अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको जनाउँदै चेपाङ समुदायको बसोबास भएका आधारमा तीन जिल्लामा आज सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

प्रदेश सरकार सबै भाषा, धर्म, सम्प्रदाय, जातजातिको पहिचान र संस्कृतिको सम्मानमा अग्रसर रहेको भन्दै कानुनमन्त्री श्रेष्ठले न्वागी पर्वका अवसरमा प्रदेशवासीमा आपसी भाइचारा र आत्मीयता बढोस् भन्दै शुभकामनासमेत व्यक्त गरेका छन् ।

यस्तै काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ ।

महानगरको नगर कार्यपालिकाको कार्यालयका विभाग प्रमुख दीपक अधिकारीका अनुसार वडा १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएकाले महानगरपालिका अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय गरिएको हो ।

काठमाडौं क्षेत्र ७ का क्षेत्रीय सभापतिसमेत रहेका रिजाललाई डेंगु संक्रमण भएपछि निमोनिया भएको थियो ।