काठमाडौँबाट साउदी अरेबिया सीधा उडान सुरु

काठमाडौँबाट साउदी अरेबिया सीधा उडान सुरु


काठमाडौँ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौँबाट साउदी अरेबियाको दमाममा नियमित सीधा उडान सुरु गरेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार बिहीबारदेखि काठमाडौँ–दमाम गन्तव्यमा सीधा उडान सञ्चालन गरिएको छ ।

उडान तालिकाअनुसार काठमाडौँबाट २२ः४० मा उडान भरेको पहिलो उडानमा १२६ यात्रु थिए भने काठमाडौँ फर्कँदा ११७ यात्रु रहेको निगमले उल्लेख गरेको छ ।

प्रवक्ता पौडेलले काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा साताको २ दिन बुधबार र शनिबार उडान गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको बताए ।

यात्रुहरूले निगमको कार्यालय वा निगमको वेबसाइटमार्फत् टिकट लिन सक्नेछन् ।