करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु


स्याङ्जा ।

करेन्ट लागेर स्याङ्जामा एक जनाको मृत्यु भएको छ ।

वालिङ नगरपालिका-६ रसखोला आमडालीका ३६ वर्षीय यमबहादुर थापाको मृत्यु भएको हो ।

शुक्रबार उनलाई प्रहरीले मृत भेटाएको जनाएको छ । थापाको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा राखिएको छ ।

प्रहरीले माछा मार्न प्रयोग हुने तार, रड र बाँसको भाटासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार मृतकसहित माछा मार्न ५ जना गएको बुझिएको छ ।

पक्राउ पर्नेमा पाल्पाको रामपुर नगरपालिका-१० का ३७ वर्षीय दीपेन्द्र अधिकारी, पर्वत पैयुँ गाउँपालिका घर भई हाल वालिङ-६ स्थित तारादेवी ब्लक उद्योगमा काम गर्ने वर्ष २० को अनिल चौधरी र कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका(६ घर भई सोही ब्लक उद्योगमा काम गर्ने ६० वर्षीय बलदेव राना रहेका छन् ।