हिक्मत कार्कीले ६ बजे शपथ लिने, काे-काे बन्दै छन् मन्त्री ?

हिक्मत कार्कीले ६ बजे शपथ लिने, काे-काे बन्दै छन् मन्त्री ?


विराटनगर ।

काेसी प्रदेश सरकारकाे मुख्यमन्त्रीका रूपमा नेकपा एमाले कोसी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आज शपथ लिने भएका छन् ।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठले दिएकाे जानकारीअनुसार कार्कीलाई आज साँझ ६ बजे मुख्यमन्त्रीको शपथ दिलाउने तयारी गरिएकाे छ ।

सर्वोच्च अदालतले बिहीबार कोसीका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत अवैधानिक ठहर गर्दै ४८ घन्टाभित्र कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो।

मुख्यमन्त्रीसँगै आज एमालेका केही सांसदलाई पनि मन्त्रीकाे शपथ गराउने तयारी रहेको एमाले स्रोतले जानकारी दिएको छ । स्राेतका अनुसार तिलकुमार मेन्याङ्वो र एकराज कार्कीलाई मन्त्री बनाउने तयारी छ । मेन्याङ्वाे यसअघि पनि कार्की नेतृत्वको सरकारमा मन्त्री थिए ।

गत पुसमा नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले पछि विश्वासको मत पाउन नसकेपछि पदमुक्त भएका थिए ।

३० दिनभित्र विश्वासको मत प्राप्त गर्न नसके कार्की पनि मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन् ।