पहिरोले सुदुरपश्चिमका ३ जिल्लामा सवारी साधान अलपत्र

पहिरोले सुदुरपश्चिमका ३ जिल्लामा सवारी साधान अलपत्र


डडेलधुरा ।

सुदूरपश्चिम प्रदेशका ३ पहाडी जिल्ला जाने सडक अबरुद्ध भएको छ ।

सुदुरपश्चिम प्रदेशलाई जोड्ने मुख्य मार्ग केआइसिंह राजमार्ग फेरि अवरुद्ध भएको हो ।

जसअनुसार तीन पहाडी जिल्ला डोटी, अछाम र बाजुरा जोड्ने राजमार्ग अवरुद्ध हुन पुगे पछि सो सडक खण्ड हुदैँ सञचालन भईरहेको सवारी साधान आवतजावत रोकिन पुगेको छ । सो सडक खण्ड पार गरेर जाने सवारी साधान अलपत्र परेको छ ।

डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका अनुसार डडेलधुराको गन्यापधुरा गाउँपालिका–२ स्थित रडुवामा पहिरो झरेका कारण राजमार्ग अवरुद्ध हुन पुगेको हो । उसका अनुसार शनिबार रातिदेखिको भारी वर्षाका कारण राजमार्ग माथिबाट पहिरो खसेको छ भने आइतबार बिहान पनि थप वर्षा भए पछि बन्द भएको राजमार्ग सुचारु गर्न अझै सकिएको छैन।

सो सडक खण्डमा राजमार्गको माथिबाट पहिरोले ढुंगा र रुखहरूसमेत बगाएर सडकमा ल्याएको छ । वर्षा नरोकिएको र पहिरो जाने क्रम अझै जारी रहेकाले सडक मर्मतको काम सुरुसमेत गर्न नसकिएको डडेलधुरा प्रहरीले जनाएको छ ।