राष्ट्रिय बाणिज्य बैंकको २८२ औं शाखा स्याङ्जामा

राष्ट्रिय बाणिज्य बैंकको २८२ औं शाखा स्याङ्जामा


स्याङ्जा ।
नेपाल सरकारका कानु, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुक बनाउन सबैदल एकै ठाउमा उभिनुपर्ने बताएका छन् ।

स्याङ्जाको वालिङमा राष्ट्रिय बाणिज्य बैंकको २८२ औं शाखाको समुदघाटन् गर्दै कानुन मन्त्री गुरुङले विरोध गरेर भन्दा पनि सबै मिलेर अगाडी बढ्न सकेमा मुलुकको विकास हुने बताएका हुन् । विरोध मात्रै गरेर मुलुकको विकास नहुने भन्दै मुलुकको विकासका लागि नेपालका सबै राजनीतिकदल एकै ठाउमा उभिनुपर्ने बताए ।

‘कर्म र विश्वासले मुलुकको हित गर्छ’ मन्त्री गुरुङ्ले भने,‘नेता र कर्मचारीमा कर्म र विश्वास हुनु जरुरी छ ।’ देश बनाउन गफ गर्ने हैन होइन काम गर्ने हो भन्दै गुरुङ्ले अव भाषण बन्द गरेर मुलुक बनाउन अगाडी बढ्नुपर्ने बताए । देशको विकासमा बैंकहरुको महत्वपुर्ण भुमिका रहने हुँदा साना उद्योगी व्यवसायीको हितमा हुनेगरी बैंकले लगानी गर्न मन्त्री गुरुङले आग्रह गरे । बाणिज्य बैंक सरकारी बैंक भएकाले सरकारले बोकेका आर्थिक उत्तरदायीत्व अनुसार काम गर्न मन्त्री गुरुङ्ले बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद भोजराज अर्यालले बैंकहरु अझै दुरदराजका जनतामा पुग्न नसकेको टिप्पणी गरे । जब सम्म दुरदराजमा रहेका जनताको पहुँचमा बैंक पुग्न सक्दैन तव सम्म मुलुकले आर्थिक उन्नती गर्न नसक्ने अर्यालको भनाई थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बाणिज्य बैंक अव किसानको बैंक हुने विश्वास दिलाए ।

कार्यक्रममा वालिङ नगर प्रमुख कृष्ण खाँण, नेपाली काँग्रेसका नगर सभापति नेत्रप्रसाद पाण्डे, नेकपा एमालेका नगर अध्यक्ष शोभाकान्त पौडेल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैह्रे, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ लगायतले बैंक जनताको सेवक बन्न सुझाव दिएका थिए । वालिङमा राष्ट्रिय बाणिज्य बैंकको शाखा खुले सगै कर्मशियल बैंकको संख्या १६ पुगेको छ ।