सिटिजन्स बैंकका ग्राहकलाई बुटवल हार्ट क्लिनिकमा छुट

सिटिजन्स बैंकका ग्राहकलाई बुटवल हार्ट क्लिनिकमा छुट


बुटवल ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवल, रुपन्देहीस्थित बुटवल हार्ट क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले बुटवल हार्ट क्लिनिकमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

डिजिटल बैंकिङकाे प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको बैंकले जनाएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।