गरिमा बैंकको टिकटक बनाउनुहोस् ३० हजार जित्नुहोस्

गरिमा बैंकको टिकटक बनाउनुहोस् ३० हजार जित्नुहोस्


काठमाडौँ ।
गरिमा विकास बैंकले नेपाली नारीहरूको महान चाड हरितालिका तीजलाई लक्षित गरि तीज विशेष गीत सार्वजनिक गरेको छ ।

करिब ३ मिनेट लामो उक्त गीतमा चर्चित लोक गायक एवं संगीतकार घनश्याम रिजालको शब्द र गायिका समीक्षा अधिकारीको स्वर छ । बैंकको आधिकारिक युटुब च्यानल र टिकटकबाट उक्त गीत हेर्न र सुन्न सकिनेछ ।

साथै, हरितालिका तीजलाई अझ विशेष बनाउनका लागि बैंकले तीज विशेष टिकटक प्रतियोगिता ‘गरिमा तीज’ पनि सार्वजनिक गरेको छ । बैंकले जारी गरेको तीज विशेष गीतमा टिकटक भिडियो बनाउनेमध्ये सबैभन्दा धेरै लाइक आउने उत्कृष्ट १० भिडियोमध्ये प्रथमलाई ३०,०००, द्वितीयलाई २०,०००, तृतीयलाई १०,००० र बाँकी ७ वटा भिडियो बनाउनेलाई जनही ५,००० रुपैयाँ सान्त्वना पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।

टिकटक प्रतियोगितामा भाग लिने प्रतियोगीहरूले भिडियो बनाउँदा बैंकले तोकेको सम्पूर्ण नियम तथा शर्त भने पालना गर्नुपर्ने बताइएको छ ।

हाल गरिमा विकास बैंकले नेपालभर १२१ शाखा, ५० एटिएम र डिजिटल बंैकिङ ९गरिमा डिजी बटुवा, डेबिट÷क्रेडिट कार्ड, स्मार्ट क्युआरलगायत० मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।