एमालेले बोलायो आकस्मिक सचिवालयको बैठक, पार्टीका सबै कार्यक्रम स्थगित

एमालेले बोलायो आकस्मिक सचिवालयको बैठक, पार्टीका सबै कार्यक्रम स्थगित


काठमाडौँ ।

नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ ।

पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित मृत्यु भएपछि पार्टीको आकस्मिक सचिवालय बैठक बोलाएको हो । सो बैठक अहिले बिहान ११ः०० बजे पार्टी मुख्यालय, च्यासलमा बस्नेछ ।

एमाले सचिव योगेश भट्टराईका अनुसार पार्टी उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष नेम्वाङको अन्तिम बिदाइका बारेमा निर्णय लिनका लागि सो बैठक बोलाइएको हो ।

नेम्वाङको गएराति नेता नेम्वाङकाे हृदयघातका कारण मृत्यु भएको थियो । उनको पार्थीव शरीरलाई आज र भोलि पार्टी मुख्यालयमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिनेछ ।

यसैबीच, नेकपा एमालेका महासचिव शंकर पोखरले आफनो भ्रमण छोटयाएर स्वदेश फर्कदै छन् ।

हाल चीनको भ्रमणमा रहेका एमाले महासचिव पोखरेले पार्टी उपाध्यक्ष नेम्वाङको निधन पछि भ्रमण छोटाएर स्वदेश फर्कन लागेका हुन ।

‘नेकपा एमालेका उपाध्यक्ष कमरेड  सुवास नेम्वाङको दुःखद खबरले हामी स्तब्ध छौं । यो असाध्यै दुःखद खबरपछि चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनमा भ्रमणमा रहनु भएको नेपाल कम्युनिष्ट पार्टी एमाले का महासचिव क. शंकर पोखरेल आफ्नो सम्पुर्ण पुर्व निर्धारित सम्पुर्ण कार्यक्रम रद्द गरेर आज नेपाल फर्किनु हुने भएको छ’ सो भ्रमण टोलीमा रहेका राजेश राईले भने, ‘आजै  छिङ्हाईको सिनिङ हुँदै छेन्दु भएर नेपाल फर्किनु हुनेछ । यसपछिको सम्पुर्ण कार्यक्रम रद्द भएको छ ।’ उनका अनुसार टिकट पाएको अवस्थामा भ्रमण दलको सबै सदस्य पनि फर्किने निर्णयसमेत भएको छ ।