ओलीले भने- नेम्वाङ पार्टीकाे उपाध्यक्षमात्रै हाेइन, मेराे दुःखसुखकाे साथी हुनुहुन्थ्याे

ओलीले भने- नेम्वाङ पार्टीकाे उपाध्यक्षमात्रै हाेइन, मेराे दुःखसुखकाे साथी हुनुहुन्थ्याे


काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले नेम्वाङ आफ्नो लागि पार्टीको उपाध्यक्ष मात्रै नभइ हितैषी मित्र र सुखदु:खको साथीसमेत भएको टिप्पणी गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्षमात्रै होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो । लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्‍याउनुभएको योगदान सधैँ सम्झिरहने छौँ । मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’