आज सुनको भाउमा घटबड भएन, कतिमा हुँदैछ कारोबार ?

आज सुनको भाउमा घटबड भएन, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

मंगलबार सुनको भाउ स्थिर रहेको छ ।

सोमबार १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको सुन आजपनि सोही मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख ११ हजार ४५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ बढेको छ । हिजो तोलामा १४ सय रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँले बढेर १४ सय ५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।