ठगी धन्दामा महिलाको संलग्नता बढ्यो, साढे २ लाख ठगीको आरोपमा चौधरी पक्राउ

ठगी धन्दामा महिलाको संलग्नता बढ्यो, साढे २ लाख ठगीको आरोपमा चौधरी पक्राउ


काठमाडौं ।

वैदेशिक रोजगारीको लागि अल्वानिया पठाईदिन्छु, भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा जिल्ला बिर्तामोड स्थाई घर भई हाल काठमाडौं सिनामंगल बस्ने २५ वर्षिय सुधा चौधरी रहेकी छिन् ।

चौधरीले उत्तम राजवंशीलाई वैदेशिक रोजगारीको लागि अल्वानिया पठाईदिने प्रलोभनमा पारी २ लाख ७२ हजार रुपैयाँ ठगी गरेकी हुन् ।

प्रहरीले चौधरीलाई खोजतलास गर्ने क्रममा सिनामंगलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको जानकारी दिएको छ ।