रोजगारीका लागि भारत गएका एक नेपालीको मृत्यु

रोजगारीका लागि भारत गएका एक नेपालीको मृत्यु


बैतडी ।

रोजगारीका सिलसिलामा भारतको नयाँ दिल्लीमा रहेका बैतडीको शिवनाथ गाउँपालिका–१ कुँडका २८ वर्षीय सुरेन्द्र साउदको मृत्यु भएको छ ।

गत ५ वर्षदेखि रोजगारीका लागि दिल्लीमा रहेका उनको मंगलबार हृदयघातका कारण निधन भएको मृतकका आफन्त दशरथ चाडले बताए ।

कोठामै एक्कासी ढलेका साउदलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

परिवारसहित दिल्लीमा बस्दै आएका साउदको मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ । मृतक साउदका एक छोरी र श्रीमती छन् ।