नालामा खसेर बालकको मृत्यु

नालामा खसेर बालकको मृत्यु


जनकपुरधाम ।

जनकपुरधाम उपमहानगरपालिका– १५ लोहनामा खेल्ने क्रममा नालामा खसेर २ वर्षीय रोहन मुखियाको मृत्यु भएको छ ।

शुक्रबार घर अगाडि खेल्ने क्रममा नालामा खस्दा उनको मृत्यु भएको हो ।

ढक्कन नालामा उनी मृत फेला परेका हुन् ।

शुक्रबार बिहान साढे ६ बजेतिर उठेर खेलिरहेका रोहन घर अगाडिको सडकमा खुला छाडिएको चेम्बरमा खसेका थिए । परिवारका सदस्यहरुले खोज्दा उनी खाल्डोमा फेला परेका थिए ।

टाउको तल र खुट्टा माथि थोरै देखिएको अवस्था उनलाई भेटेको र खाल्डोबाट बाहिर निकाल्दा उनको मृत्यु भइसकेको थियो ।