ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु


दैलेख ।

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको दुल्लु नगरपालिका–२ आँपको रुखस्थित भित्री सडक खण्डबाट स्यालातर्फ जाँदै गरेको खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो ।

नम्बर नखुलेको ट्याक्टरका चालक दुल्लु नगरपालिका–२ का २५ वर्षीय धर्म महतको घटनास्थलमै मृत्यु भएको हो । कर्णाली लिप्टिङ खानेपानी आयोजनाको सामाग्री पुर्‍याएर फर्कंदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरमा सवार २५ वर्षीय भुपेन्द्र साउद र ११ वर्षीय रमित साउद घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख प्रहरी निरीक्षक दिपक सिंह विष्टले जानकारी दिए । घाइते भुपेन्द्र साउदको खुट्टामा चोट लागेको छ ।