सेयर बजार घट्नु बढ्नु सामान्य हो,तर भयावह अवस्था भने छैन : प्रवक्ता श्रेष्ठ

सेयर बजार घट्नु बढ्नु सामान्य हो,तर भयावह अवस्था भने छैन : प्रवक्ता श्रेष्ठ


काठमाडौं ।

नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले सेयरबजार घट्नु बढ्नु सामान्य भएको तर बजार नै भयावह अवस्थामा नरहेको बताएका छन् ।

शुक्रबार नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको ‘आर्थिक मन्दीमा पुँजीबजारः सम्भावना र चुनौती’ छलफल कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले सेयरबजार बढ्नु घट्नु सामान्य भएतापनि सेयरबजार भने भयावह अवस्थामा नरहेको बताएका हुन् ।

बजारमा आर्थिक मन्दीको अवस्था देखिएको गुनासो आएको तर सेयरबजारका कम्पनीहरू खराब अथवा खत्तम नै भएको कहि कतै सुनिएको छैन’ श्रेष्ठले भने, ‘नेप्से परिसूचकलाई हेर्न बैज्ञानिक भएका छैनौं । बजार कहिलेपनि एउटै लाइनमा जादैन । सेयरबजार घट्ने बढ्ने सामान्य हो । सधै बजार बढ्ने मात्रै हुदैन । हामीले बैज्ञानिक रूपमा हेर्न जरूरी छ ।’