सानिमा बैंकले १४.७० प्रतिशत लाभांश दिने

सानिमा बैंकले १४.७० प्रतिशत लाभांश दिने


काठमाडौं ।

सानिमा बैंकले सेयरधनीलाई १४.७० प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको

बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरी ५.७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।