नयाँगाउँ नजिकै विष्फोट, राजमार्गको आधा खण्ड उड्यो

नयाँगाउँ नजिकै विष्फोट, राजमार्गको आधा खण्ड उड्यो


बाँके ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा विष्फोटक पदार्थ विष्फोट भएको छ ।

उक्त विष्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान सुरक्षाकर्मीको टोलीले गरेको छ ।

विष्फोटका कारण राजमार्गको आधा खण्ड उडेको छ ।

विष्फोट भएको स्थानमा खिया लागेको तारको टुक्रा र चुनजस्तो धुलो मात्र फेला परेको बताईएको छ ।

सडकको किनारमा खाल्डो परेर सवारी साधन एकतर्फी चलेकामा अहिले भने दुईतर्फी नै सडक सन्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।