युनिक नेपाल लघुवित्तले २० प्रतिशत लाभांश दिने

युनिक नेपाल लघुवित्तले २० प्रतिशत लाभांश दिने


काठमाडौं

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई बोनस सेयर र नगद लाभांश (कर प्रयोजन सहित) २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जानकारी गराएको छ ।