काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ ।
समितिले भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया, स्पेन र श्रीलंकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको हो ।
समितिबाट अनुमोदित हुनेमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जबरा र जर्मनीका लागि सरु जोशी छन् ।
त्यस्तै, इजरायलका लागि सुरेश कुमार कर्ण, ओमानका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलंकाका लागि डा. मञ्चला झाको नाम अनुमोदन भएको छ ।
यसैबीच, मलेसिया, जापान र साउदी अरेबियाका लागि प्रस्तावित राजदूतको नाममा भने समितिले निर्णय गर्न बाँकी छ । ती देशका लागि क्रमशः चूडामणि खरेल, जिज्ञान कुमार थापा र गिरिबहादुर सुनारको नाम प्रस्ताव गरिएको छ । समितिले उनीहरूको नामबारे केहीबेरमा निर्णय लिने जनाएको छ ।

प्रतिक्रिया