४ जना हत्या प्रकरण : नवीनको हत्यापछि अरुले थाहा पाउने डरले भुजेल परिवारको हत्या

४ जना हत्या प्रकरण : नवीनको हत्यापछि अरुले थाहा पाउने डरले भुजेल परिवारको हत्या


काठमाडौं ।

तीनकुनेमा शुक्रबार राति भएको सामूहिक हत्यामा एक जना युवकको मात्र संलग्नता पाइएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले आइतबार पक्राउ गरेका ती युवकले आफूले ४ जनाकै हत्या गरेको बयान दिएको प्रहरी स्रोतले बताएको छ ।

प्रहरीले सिसिटिभी फुटेजमा देखिएका ती युवकलाई आइतबार बिहान लोकन्थलीबाट पक्राउ गरेको थियो ।

मोरङ घर भएका १९ वर्षका नवीन राईको हत्या गर्न सःमिलमा पुगेका उनले नवीनको हत्या गरेको थाहा पाउने भएपछि अरुमाथि पनि अन्धाधुन्ध आक्रमण गरेको बयान दिएको प्रहरी स्रोतले जनाएको छ ।

आक्रमणमा परी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्रा र आमा ७० वर्षकी सुमित्रा भुजेलको पनि मृत्यु भएको छ ।

उनलाई म्याद थपका लागि अदालत लैजाने तयारी छ ।