साउनमा चालु खाता १२ अर्ब ९९ करोड बचतमा

साउनमा चालु खाता १२ अर्ब ९९ करोड बचतमा


काठमाडौँ ।

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा चालु खाता १२ अर्ब ९९ करोड रूपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएकाे छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता घाटामा थियो ।

गत वर्षको सोही अवधिमा चालु खाता १५ अर्ब १३ करोड रूपैयाँले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको साउन महिनाको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेको छ ।

गत आर्थिक वर्षमा शोधनान्तर बचत २ खर्ब ९० अर्बभन्दा बढी भए पनि चालु खाता घाटामा थियो । तर, यो वर्षको आर्थिक वर्षको पहिलो महिनामा भने चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।