ऋषि पञ्चमीमा काठमाडौँका महिला कर्मचारीले बिदा नपाउने

ऋषि पञ्चमीमा काठमाडौँका महिला कर्मचारीले बिदा नपाउने


काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाका महिला कर्मचारीहरूले ऋषि पञ्चमीको दिन पनि बिदा नपाउने भएका छन् ।

आइतबार एक सूचना निकाल्दै महानगरले असोज २ गते मंगलबार ऋषि पञ्चमीको अवसरमा महिलाहरूलाई बिदा नदिने भएको हो ।

महानगरको आन्तरिक महाशाखामार्फत् जारी भएको उक्त पत्रमा २०८० सालको भित्ते पात्राेमा महिलाहरूलाई बिदा दिने भनिए पनि उक्त दिन बिदा नरहेको जानकारी गराइएको छ ।

आन्तरिक महाशाखा प्रमुख सरिता राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौँ महानगरपालिकाबाट प्रकाशित २०८० सालको भित्रे पात्रोमा मिति २०८० साल असोज २ गते मंगलबार ऋषि पञ्चमीको दिन महिला कर्मचारीहरुलाई बिदा भनी उल्लेख भएको भएतापनि उक्त दिन बिदा नभएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइएको छ ।’