एउटा इयरबड किन्नुस्, अर्काे सित्तैँमा लिनुस्

एउटा इयरबड किन्नुस्, अर्काे सित्तैँमा लिनुस्


काठमाडाैँ ।

डिजिटल वालेट ‘आइएमई पे’ ले असोज ३ र ४ गते सञ्चालन हुने ‘अल्टिमा अनलाइन मेला’ मा ‘एकको डबल’ अफर सार्वजनिक गरेको छ।

अल्टिमाले आफ्नो वेबसाइटको लन्चको अवसरलाई लक्षित गर्दै सञ्चालन गर्ने ‘अल्टिमा अनलाइन मेला’ मा (बिहान ९ देखि ११ सम्म र साँझ ६ बजेदेखि राति ८ बजेसम्म) एउटा अल्टिमा अटो ५२० वा अल्टिमा अटोम ३२० इयरबड खरिद गर्ने ५०० जना सेवाग्राहीलाई अर्को एयरबड नि:शुल्क प्रदान गर्ने व्यवस्था गरेको छ।

साथै, अन्य अल्टिमाका ग्याजेट्सहरूमा आएएमई पेमार्फत् भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त हुनेछ।

अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाइमा लैजान तथा ग्राहकलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न यो अफर ल्याइएको आइएमई पेका सिइओ प्रविन रेग्मीले जानकारी दिएका छन्।