साउनमा कहाँ कति मूल्यवृद्धि ? हिमाली क्षेत्रमा सबैभन्दा धेरै

साउनमा कहाँ कति मूल्यवृद्धि ? हिमाली क्षेत्रमा सबैभन्दा धेरै


काठमाडौँ ।

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ७ दशमलव ५२ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनामा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ८ दशमलव ९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ६ दशमलव ४२ प्रतिशत बराबर छ ।

यो अवधिमा सबैभन्दा धेरै मूल्यवृद्धि हिमाली क्षेत्रमा ११ दशमलव ४६ प्रतिशत बराबर रहेको छ । त्यस्तैँ, काठमाडौँ उपत्यकामा ८ दशमलव ५०, तराईमा ६ दशमलव ७० र पहाडमा ७ दशमलव ५० प्रतिशत मूल्यवृद्धि देखिएको छ ।

गत साउन महिनामा आयात १ दशमलव ६ प्रतिशतले, निर्यात ८ दशमलव ७ प्रतिशतले र कुल वस्तु व्यापार घाटा शून्य दशमलव ७ प्रतिशतले घटेको छ । त्यस्तै विप्रेषण आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा २५ दशमलव ८ प्रतिशतले बढेर १ खर्ब १६ अर्ब २ करोड पुगेको छ ।