सडेकाे मिठाई बेच्ने टिपटपलाई २ लाख जरिमाना

सडेकाे मिठाई बेच्ने टिपटपलाई २ लाख जरिमाना


काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले टिपटप मिठाई पसललाई २ लाख रुपैयाँ जरिमाना गरेको छ ।

बजार अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका-१७ मा सञ्चालित उक्त मिठाई पसलले अखाद्य वस्तु बेचेको पाइएपछि २ लाख जरिमाना गरिएको काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

दीपकराज थपलियाले सञ्चालन गरेको उक्त मिठाई पसलले उत्पादन गरेको सामान बिग्रिएको पाइएपछि जरिमाना गरेको प्रहरी प्रमुख पाण्डेले बताए ।

महानगरपालिकाले पसलमा अखाद्य वस्तु नराख्न, कर्मचारीको बोलिबचन सुधार गर्न, दूधजन्य वस्तुको तापक्रम कायम राख्न आदेशसमेत दिएको छ ।