३४ पृष्ठको राहदानीका लागि आवेदन सुरु

३४ पृष्ठको राहदानीका लागि आवेदन सुरु


काठमाडौं ।

राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि आवेदन लिन सुरू गरेको छ ।

विभागका अनुसार हिजो सोमबारदेखि सर्वसाधारणले ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सुरू गरेका हुन ।

गत आइतबार नै सूचना जारी गरेर विभागले सोमबारबाट ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने जानकारी दिए अनुसार सर्वसाधरणले हिजोबाट आवेदन दिन सुरू गरेका हुन् ।