सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

नेपाली बजारमा बुधबार सुनको भाउ घटेको छ।

आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ ।

योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँ कायम भएको छ।

हिजो मंगलबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो।

यो दिन प्रतितोला छापावाल सुन १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।