५ जिल्लाका ५१ सहित देशभरका ६७० जनाको कैद मिनाहा

५ जिल्लाका ५१ सहित देशभरका ६७० जनाको कैद मिनाहा


काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कुल ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ।

फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयना) ऐन र कारागार नियमावली, सर्वोच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

यता संविधान दिवसको अवसरमा तनहुँ कारागारमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका ११ जनाको कैद मिनाहा भएको छ ।

५० देखि ६० प्रतिशत कैद भुक्तान गरेका ९ जना र ४० प्रतिशत भुक्तान गरेका २ जना गरी ११ जना बुधबार छुटेका छन् ।

यस्तै स्याङ्जाका ६ कैदीबन्दीले कैद मिनाहा पाएका छन् ।

कैद मिनाहा हुनेमा ३ जना बहुविवाह, २ जना डाँकाचोरी र एक जना सवारी ज्यान मुद्दाका रहेका छन् ।

यस्तै झापा कारागारका १८ जना, रामेछाप कारागारका ३ जना , महोत्तरीका १३ रहेका छन् ।