बिरामीको उपचार गरिरहेका अहेब गैरेमाथि हातपात

बिरामीको उपचार गरिरहेका अहेब गैरेमाथि हातपात


कञ्‍चनपुर ।

कञ्‍चनपुरमा बिरामीको उपचार गरिरहेका एक जना स्वास्थ्यकर्मी (अहेब) माथि हातपात भएको छ ।

मंगलबार राति करिब साढे ११ बजे बेलौरी नगरपालिका–४ स्थित श्रीपुर प्राथमिक स्वाथ्य केन्द्रमा कार्यरत ४३ वर्षीय अहेब नरेन्द्र गैरेमाथि एक समूहबाट हातपात भएको हो ।

उनीमाथि बेलौरी–२ का रामबहादुर खड्काले दुर्व्यवहार गर्दै हातपात गरेका हुन् ।

खड्काले गैरेको घाँटी समातेर न्याँकेको भिडिओ सार्वजनिक भएको छ । अहेब गैरे उक्त स्वास्थ्य केन्द्रमा ६ वर्षदेखि कार्यरत छन् ।

लडेर टाउकोमा चोट लागेका घाइतेको घाउमा टाँका लगाइरहेका बेला मापसे गरेर सडकमा निस्किएका समूह स्वास्थ्य केन्द्रमा अनधिकृत रुपमा प्रवेश गरी हातपात गरेको उनले बताए ।

समूहमा रहेकामध्ये खडकाले केन्द्रका ईन्चार्जको खोजी गर्दै दुर्व्यवहार सुरु गरेका थिए । पछि प्रहरीको टोलीले समूहलाई बाहिर निकालेको थियो । पीडित गैरे प्रहरीमा उजुरी दिने तयारीमा लागेको बताइन्छ ।

यसअघि गत साता मकवानपुरको हेंटौडामा रहेको सञ्चो अस्पतालमा बिरामीका आफन्तले डाक्टरमाथि कुटपिटको घटनामा ४ जना पक्राउ परेका छन् । भने ५ जनाफरार छन् । उनीहरुलाई प्रहरीले अदालतबाट पक्राउ पूर्जी लिई खोजी गरिरहेको छ ।