नमस्ते पे को नयाँ अभियान : केवाइसी दर्ता गर्नुहोस् ५० रुपैयाँ पाउनुहोस्

नमस्ते पे को नयाँ अभियान : केवाइसी दर्ता गर्नुहोस् ५० रुपैयाँ पाउनुहोस्


काठमाडौं ।

नमस्ते पे ले आउदै गरेको चाडपर्व लाई लक्षित गर्दछ नयाँ प्रयोगकर्ताका लागि नयाँ अभियान सुरु गरेको छ ।

अभियान अन्तर्गत नमस्ते पे एप डाउनलोड गरि पूर्ण केवाइसी दर्ता गर्ने नयाँ प्रयोगकर्ताले ५० रुपैयाँ पाउँनेछन् ।

असोज १ गतेदेखि सुरु भएको अभियान असोज १५ गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नमस्ते पे एप डाउनलोड गरी पूर्ण केवाईसी दर्ता गर्ने नयाँ प्रयोगकर्ताले तुरुन्तै आफ्नो मुख्य वालेटमा ५० रुपैयाँ प्राप्त गर्नेछन्।