भरुवा बन्दुकसहित एकजना पक्राउ

भरुवा बन्दुकसहित एकजना पक्राउ


बैतडी ।

दोगडाकेदार गाउँपालिका–१ रिम बस्ने ४५ वर्षीय बिष्णु सिंह साउदलाई भरूवा बन्दुक १ थानसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

साउदले भरुवा बन्दुक लिएर हिँडिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी खोचलेकबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।