इन्द्रजात्रा हेर्न गएका कार्कीको हत्या

इन्द्रजात्रा हेर्न गएका कार्कीको हत्या


काठमाडौं ।

काठमाडौंको न्यूरोडमा इन्द्रजात्रा हेर्न गएका एक किशोरको हत्या भएको छ ।

गएराति जात्रामा झगडा हुँदा ओखलढुंगा लिखु गाउँपालिका–४ घर भएका सनी कार्कीको हत्या भएको हो ।

क्षेत्रपाटी बस्दै आएका १७ वर्षीय कार्कीमाथि धारिलो हतियार प्रहार भएको थियो ।

गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको बताइएको छ ।

हत्यामा संलग्न आरोपमा २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।