काठमाडाै । नेकपा (एमाले) का नेता सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि फौजदारी कानुनबमोजिम कारबाही गर्न माग गर्नुभएको छ।
सांसद सुनारको विवादास्पद अडिओ सार्वजनिक भएपछि त्यसलाई ‘एआई’ ले बनाएको भन्दै दिइएको सफाइप्रति आपत्ति जनाउँदै नेता थापाले एआई खगेन्द्र सुनारजस्तो फोहरी, अश्लील र आपराधिक हुन नसक्ने टिप्पणी गर्नुभएको छ। अपराध गरेर दोष एआईलाई थोपरेर उन्मुक्ति नपाइने भन्दै उहाँले घटनाको निष्पक्ष छानबिन गरी फौजदारी कानुन अनुसार हदैसम्मको कारबाही हुनुपर्ने अडान व्यक्त गर्नुभएको छ। सांसद सुनार जोडिएका हिंसा र अडिओ काण्डले अहिले राजनीति तातेको छ।

प्रतिक्रिया