२५ मिनेटभित्र ५.३ र ६.३ म्याग्निच्युडको भूकम्प

२५ मिनेटभित्र ५.३ र ६.३ म्याग्निच्युडको भूकम्प


काठमाडौं ।

बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।

मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूटको भूकम्प गएको थियो ।

सो भुकम्पको झटका भारतको राजधानी नयाँदिल्लीमा पनि महशुश गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।

बझाङमा केही घरमा क्षति पुगेको प्रारम्भिक जानकारीमा आएको छ, बझाङको दुर्गाथलि गाउँपालिका–२ स्थित महालिङ्ग आधारभुत विद्यालयको भवन भत्केको खबर छ । मानविय क्षतिको भएको जानकारीमा आएको छैन् ।

हालसम्म भूकम्पबाट भएको क्षतिको कुनै विवरण प्राप्त भइसकेको छैन ।