१७ करोडमा नेपालकै पहिलो मानवरहित सब–स्टेसन बन्ने

१७ करोडमा नेपालकै पहिलो मानवरहित सब–स्टेसन बन्ने


मोरङ ।

लेटाङ–२ पैतीसबिघेमा नेपालकै पहिलो स्वचालित बिद्युत सबस्टेसन निर्माण हुनेभएको छ ।

लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावती र नेपाल विद्युत प्राधिकरण कोशी प्रादेशिक कार्यालय, विराटनगरका प्रमुख उमेशकुमार झाले संयुक्त रूपमा सब–स्टेसनको शिलान्यास गरे ।

नेपाल बिद्युत प्राधिकरण कोशी प्रदेश प्रादेशिक कार्यालय, विराटनगरका प्रमुख उमेशकुमार झाका अनुसार एक बिघा जग्गामा लेटाङमा निर्माण हुने नेपालकै पहिलो मानवरहित सब–स्टेसन हुनेछ ।

६–८ एमभीए क्षमताको सब–स्टेसन निर्माणका लागि सोहन कन्स्ट्रक्सन र जयदुर्गे निर्माण सेवाले काम गरिरहेका छन् । उक्त आयोजना करिब १७ करोडको हो । जसमध्ये ट्रान्समिसन लाइनको काम सोहन कन्स्ट्रक्सने गरिरहेको छ । सब–स्टेसन निर्माणको काम जयदुर्गे निर्माण सेवाले गरिरहेको छ ।

सोही केन्द्रबाट विराटचोक, लेटाङ र रङ्गेलीमा विद्युत वितरण गरिनेछ ।