अपांगता सहायक सामग्रीका लागि सिफारिस पठाउन महानगरको आग्रह

अपांगता सहायक सामग्रीका लागि सिफारिस पठाउन महानगरको आग्रह


काठमाडौं ।

काठमाडौं महानगरपालिकाले अपांगता सहायक सामग्री उपलब्ध गराउनका लागि सिफारिस पठाउन सबै वडा कार्यालयमा आग्रह गरेको छ ।

महानगरको सामाजिक विकास विभागका प्रमुख गोपाल प्रसाद पोखरेलका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा अपांगता भएका व्यक्तिलाई दैनिक अत्यावश्यक पर्ने सहायक सामाग्री वितरणका लागि बजेट तथा कार्यक्रम रहेकाले आवश्यक कागजातहरु लाभग्राहीसँग माग गरी सिफारिस पठाउन आग्रह गरिएको हो ।

सहायक सामाग्रीहरुमा कृत्रिम खुट्टा–प्रोस्थेसिस, क्यालिपर, अथैपिडिक, जुत्ता–अर्थोसिस, वैशाखी, वाकर, एल्वो क्रच, वाकिंग स्टिक, सेतो छडी, व्हिलचियर, मोविलिटी एड लगायत विकासात्मक सहायक सामाग्री रहेका छन् ।

विभागले नागरिकताको प्रतिलिपी, अपांगता परिचयपत्रको प्रतिलिपी, नाबालकको हकमा जन्मदर्ताको प्रमाणपत्र, अनाथालय वा आश्रितको हकमा संस्थाको सिफारिस पत्र, अस्थायी बसोबासको हकमा घरधनीसँगको घरवहाल सम्झौता लगायत अन्य आवश्यक कागजात सङ्कलन गरी तोकिएको ढाँचामा सिफारिस पठाउन आग्रह गरेको छ ।