पर्यटक बाेकेर लुक्ला गएका ७ हेलिकाेप्टर लामीडाँडामा आकस्मिक अवतरण

पर्यटक बाेकेर लुक्ला गएका ७ हेलिकाेप्टर लामीडाँडामा आकस्मिक अवतरण


काठमाडाैँ ।

खराब माैसमका कारण सोलुखुम्बूको लुक्ला विमानस्थलका हेलिकाेप्टर अवतरण गर्न नसकेर खाेटाङकाे लामीडाँडामा आकस्मिक अवतरण गराइएकाे छ ।

शुक्रबार काठमाडाैँबाट लुक्लाका लागि पर्यटक बाेकेर उडेका ७ वटा हेलिकाेप्टरलाई खोटाङको लामीडाँडामा आकस्मिक अवतरण गराइएकाे हाे ।

खाेटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार शुक्रबार दिउँसो १ बजेसम्म ७ वटा हेलिकोप्टर लामीडाँडामा अवतरण गराइएकाे छ ।

माैसममा सुधार आएपछि हेलिकाेप्टर लुक्ला नै जाने बताइएकाे छ ।